मुग्लिन–नारायणगढ सडक खण्डमा ९ देखि ११ मिटरका १५ पुल निर्माण शुरु

मुग्लिन–नारायणगढ सडक खण्डमा ९ देखि ११ मिटरका १५ पुल निर्माण शुरु



engineersnepal.com

सांकेतिक तस्वीर


दुईवर्ष अघि चौडा परिएको मुग्लिन–नारायणगढ सडक खण्डमा १५ वटा नयाँ पुल निर्माणको काम सुरु भएको छ । दुईवटा प्याकेजमा १५ वटा पुल निर्माण कार्य सुरु भएको हो ।

पहिलो प्याकेजमा मुग्लिनदेखि सिमलतालसम्म सातवटा र दोस्रो प्याकेजमा सिमलतालदेखि जुगेडीसम्म आठवटा पुल निर्माण सुरु भएको  आयोजनाले जानकारी दिएको छ । 
दोस्रो प्याकेजका आठवटै पुलको डिजाइन स्वीकृत  भएकोमा छवटा पुलको निर्माण काम सुरु भइसकेको  छ। पहिलो प्याकेजअन्तर्गतका पुलहरूको डिजाइन स्वीकृत हुने क्रममा  रहेकाछन । 


ADVERTISEMENT

पहिलो प्याकेजका पुल निर्माण गर्न करिब ६८ करोड रुपियाँ र दोस्रो प्याकेजका पुल निर्माण गर्न ५९ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । 

दुईवटै प्याकेजका पुल निर्माणको जिम्मा अनक कन्स्ट्रक्सन कम्पनीले पाएको छ । नारायणगढ–मुग्लिन सडकमा पुराना पुलको चौडाइ छदेखि सात मिटरमात्रै रहेको छ । अब बन्ने पुलको चौडाइ नौदेखि ११ मिटरसम्म हुने  छ ।

यसअघि ठेक्कामार्फत नारायणगढ–मुग्लिन सडकमा पर्ने चारवटा पुल निर्माण भएका छन् । खानी खोला, दासढुङ्गा र मौरीखोला पुल निर्माण सम्पन्न भइसकेका छन् ।



Your Comments