सुनकोसी–मरिन आयोजनाको शिलान्यास आज, टीबीएमले १३ किमि सुरुङ खन्ने

सुनकोसी–मरिन आयोजनाको शिलान्यास आज, टीबीएमले १३ किमि सुरुङ खन्ने


इन्जिनियर्स नेपाल |  फागुन २०, २०७७,


engineersnepal.com

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिन डाइभर्सन बहुद्देश्यीय आयोजनाको शिलान्यास विहिबार हुने भएको छ।  १३.३ किलोमिटर सुरुङमार्गको ठेक्का लागिसकेको आयोजनाको शिलान्यास हुन लागेको हो । 

प्रधानमन्त्री ओलीले आयोजना अन्तर्गतको सुरुङबाट पानी खस्ने स्थल सिन्धुलीको कमलाइमाई नगरपालिका २ मा ओलीले  शिलान्यास गर्ने कार्यक्रम रहेको आयोजनाले जानकारी दिएको छ । 


ADVERTISEMENT

चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ आयोजनाको सुरुङ खन्ने ठेक्का पाएको छ । यस कम्पनीले भेरी बबई डाइभर्सन आयोजनाको निर्माण गरिरहेको छ।  सुनकोसी मरिन सुरुङ कम्पनीले टनेल बोरिङ मेसिन(टीबीएम)ले प्रयोग गर्ने बताइएको छ। 

आयोजना निर्माण सुरु गर्न सिन्धुली जिल्लातर्फ प्रभावित क्षेत्रमा जग्गा अधिग्रहण, मुआब्जा वितरणलगाएतको काम सकिएको आयोजनाले जनाएको छ । 

बहुउद्देश्यि आयोजनाबाट ३१ मेगावाट विद्युत उत्पादन र तराईका बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाहीमा १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाई सुविधा पु¥याउने आयोजनाको लक्ष्य रहेको छ । 



Your Comments