मेलेम्चीको पानी फागुन २६ भित्र काठमाडौं आइपुग्ने, प्रतिसेकेन्ड २६० लिटर पानी छाडिदै

मेलेम्चीको पानी फागुन २६ भित्र काठमाडौं आइपुग्ने, प्रतिसेकेन्ड २६० लिटर पानी छाडिदै


इन्जिनियर्स नेपाल |  फागुन १९, २०७७,


engineersnepal.com

मेलेम्चीको पानी काठमाडौं आईपुग्न अझै १ हप्ता लाग्ने भएको छ । अघिल्लो सोमबार अर्थात फागुन १० गते सुरुङमा छाडिएको पानी १२ किलोमिटर भरिसकेको  छ । फागुन २६ गतेभित्र पानी काठमाडौंमा आईपुग्ने आयोजनाले जनाएको छ । 

आयोजनाले सुरुङ परिक्षणको क्रममा सुरुङभित्रको ढोका बन्द गरेर सिसी क्यामराको सहायताले सुरुङ भित्रको पानीको अवस्था हेरिरहेको जनाएको छ । 


ADVERTISEMENT

पानी पठाएसँगै पानीको चुहावटदेखि सबै कुरा चेकजाँच गर्नको लागि टनेलभित्र प्रेसर सेन्सर राखिएको  छ ।  हाल परीक्षणका लागि २६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ ।

 मेलम्ची खोलाको पानी मध्ये थोरै पानी परीक्षणका लागि पठाइएकाले सुरुङ भरिँदै पानी अगाडि बढाइएको हो । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने बताइएको छ ।

 



Your Comments