स्वदेशी इन्जिनियरलाई प्राथमिकता दिउँ
स्वदेशी इन्जिनियरलाई प्राथमिकता दिउँ
नेपालको इन्जिनियरिङ क्षेत्रमा समस्यै समस्या छन् । इन्जिनियरिङ शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्छ । इन्जिनियरिङ शिक्षा अध्यापन गराउने संस्थाहरूले फ्याकल्टी र अनुसन्धान बढाउने कुरा माध्यान दिनुपर्छ । नेपाल सरकारले पनि सबै इन्जिनियरिङ कलेजहरु काठमाडौं र अन्य ठूला सहरमा मात्रै नभएर भूगोल, जनसंख्या सबै हेरेर दुर्गम स्थानमा विद्यार्थीहरुलाई यस किसिमको सुविधा दिनुपर्छ ।
बाजुरा, डोटी, ताप्लेजुङ, डोल्पा, हुम्लाका विद्यार्थीले काठमाडौंमा आएर पढ्न पहिलो कुरा त आम्दानीले पुग्दैन भने अर्को त्यस स्थानमा पनि विकास गर्नुपर्छ । त्यसैले जनसंख्या, भुगोल लगातका अन्य पक्षहरु हेरेर समानुपातिक हिसावमा इन्जिनियरिङ कलेजहरुलाई स्वीकृति दिनुपर्छ ।
राजनीतिक स्थायित्व कायम गर्न नसके विकास सम्भावना हुँदैन भने इन्जिनियरहरुले अध्ययन मात्रै गर्ने तर मुलुकभित्र रोजगारी पाउने अवस्था हुँदैन
निजी क्षेत्र नगएका क्षेत्रमा सरकार जानुपर्छ । समानुपातिक रुपमाशिक्षा प्रणालीको विकास पुग्नुपर्छ । अर्को कुरा पासआउट भएका इन्जिनियर्सलाई जागिरको पनिअभाव देखिएको छ । विदेशी इन्जिनियरहरुलाई नेपालमा निरुत्साहित गर्नुपर्छ । यहाँका इन्जिनियर्सको विज्ञता पनि प्रशस्त भएकोले नेपाली इन्जिनियर्सलाई मौका दिनुपर्छ । सबैभन्दा ठूलो समस्या पारिश्रमिकको छ । कमसेकम सरकारले तोक ेअनुसार आमाबुबा २ सन्तानलाई पालनगर्न सक्ने गरी पारिश्रमिक पाउनेगरी न्युनतम पारिश्रमिक पाउने वातावरण बनाउनुपर्छ । यो इन्जिनियर मात्रै नभइ सबैमालागू हुनुपर्छ । यस्तै अर्कोतर्फ विदेश गएर के के नै हुन्छ भनेर यहाँबाट नो अब्जेक्सन लेटर लिएर विदेशीने इन्जिनियरहरु पनि धेरै छन् ।
अध्ययनको निहँुमाजाने र नेपाली रुपैयाँविदेशीन्छ भने पठाइ पनि राम्रोसँग नगरेर उतै हराउने प्रवृति विकास भएको छ । यसलाई निरुत्साहित गर्नुपर्छ । नेपालमै इन्जिनियरहरुलाई अवसर सिर्जना गर्नमा लगानीगर्नुपर्छ । राजनीतिक स्थायित्व कायमगर्न नसके विकास सम्भावना हुँदैन भने इन्जिनियरहरुले अध्ययनमात्रै गर्ने तर मुलुकभित्र रोजगारी पाउने अवस्था हुँदैन ।राजनीतिक पार्टीहरुले राम्रो भिजन ल्याएर लगानीको व्यवस्था गरे देशमा विकासको सम्भावना व्यापक छ ।
विकासको संवाहक इन्जिनियहरु हुन् भने विकास हुँदा इन्जिनियरलाई नेपालमै रोजगारी प्रशस्त खुल्छ । राजनीतिक स्थायित्व, नेतामा भिजन र राष्ट्रिय योजना आयोगले राम्रो योजना ल्याए उनीहरुले रोजगारी पाउछन् । विकासमा सरकारको ध्यान जानुपर्छ । समानुपातिक रुपमा इन्जिनियरिङ कलेजहरु खोलिनुपर्छ । काठमाडौंमा मात्रै कलेज खोलेर समानुपातिक विकास र अवसर सिर्जना हुँदैन । देशमा विकास भएमा इन्जिनियरहरुले राम्रो काम पाउछन् ।
डिल्लीरमण निरौला
अध्यक्ष,
नेपाल इन्जिनियरिङ परिषद्