प्रविधिको उच्चतम प्रयोगबाट कोरोना नियन्त्रणमा यसरी सफलता पाउन सकिन्छ

प्रविधिको उच्चतम प्रयोगबाट कोरोना नियन्त्रणमा यसरी सफलता पाउन सकिन्छ


ई. आरसी पाण्डे |  चैत २४, २०७६, काठमाडौं


#
engineersnepal.com

चीन बाट सुरु भएको कोरोना भाइरसले केही महिनामै विश्वमै एउटा महामारीको रुप लिईसकेको छ ।  
८०,००० भन्दा बढी प्रभावित बनेको मुलुक चीन उच्चतम प्रविधिको अधिकतम प्रयोग गर्दै आज यस महामारी लाई जित्ने अन्तिम चरणमा छ । सँगसँगै विश्वका विकसित मुलुकहरुले बिभिन्न खालका प्रविधिहरुको प्रयोग बाट महामारीविरुद्ध लडिरहेका छन । 

चीन लगायत बिभिन्न मुलुकहरुले प्रयोग गरेको प्रविधिका उपायहरुलाई हामीले पनि प्रयोग गर्न सकेमा यस्ता खालका महामारीहरु सँग सजिलै लड्न सकिनेछ । भविश्यमा आईपर्ने सक्ने कुनै पनि महामारी वा विपद (भुकम्प, बाढी, पहिरो आदी ) सँग जुध्नको लागी आजै देखी नै गम्भिर खालको तयारी मा जुट्न ढिलो गर्नु हुँदैन । 


ADVERTISEMENT

Artificial Intelligence(AI), Data Science, Robotics लगायतका प्रविधिको को प्रयोग बाट महामारी सँग सजिलै लड्न सकिने उपाय हरु । 

ड्रोन को प्रयोग 

देशका विभिन्न भागबाट संकास्पद बिरामीहरुको नमुना सँकलन गर्न सकिन्छ, जसले गर्दा समयमै परिक्षण गर्न सकियोस । ड्रोनको प्रयोगले सडक, सपिङ मल लगायत सार्वजनिक ठाउँ हरुमा भाईरस मार्ने केमिकलहरु स्प्रे गर्न सकिन्छ । 

त्यस्तै  यसको सहयोगले ग्रामीण क्षेत्रमा अत्यावश्यक मेडिकल सामग्रीहरु तुरुन्त पुर्याउन सकिन्छ ।

ईकमर्स

‘लकडाउन’को समयमा  दाल, चामल, तेल, तरकारी जस्ता अत्यावश्यक घरायसी सामानहरु अनलाइन अर्डर गर्ने र होम डेलिभरी गर्ने व्यवस्था गर्न सकियो भने सपिङ मल, तरकारी बजार जस्ता ठाउंहरुमा अनावश्यक भिड्भाड बन्द हुन्छ । 

काठमाडौं लगायत ठूला शहरहरुमा अत्यावश्यक सामान लगायत औषधीहरु अनलाइन अर्डर र होम डेलिभरीको व्यवस्था गर्न सक्नु पर्दछ । 
यसको अर्को फाईदा भनेको भाईरस क्यारी गर्न सक्ने ‘पेपरमनी’ सँग को सहकार्य तोडिन्छ र नेपालका e -wallet (khalti, esewa, ime pay) हरुको प्रयोग बाट अनलाइन पैसा तिर्न सकिन्छ ।

मोबाइल एप्स

जती छिटो हामी भाईरस लाई ट्र्याक गर्न सक्छौँ तेती छिटो त्यो सँग लड्न सक्छौँ, AI मा आधारित मोबाइल एप्सहरुको सहयोगले  संक्रमितहरुको ‘ट्रेस एण्ड ट्रयाक’  गर्न सकिन्छ, अथवा सँक्रमित हरुको नजिक जान बाट बच्न सकिन्छ । 

उदाहरण को लागी साउथ कोरीया ले Corona 100m नामको एप बाट नागरिकहरुको निगरानी गरी रहेको छ, भारतको केन्द्र सरकारले पछिल्लो बिहीबार मात्रै Aarogya Setu नामको एप रिलिज गरेको छ र यसै गरी चिन, सिङापुर, रसिया लगायत का देशहरुले AI मा आधारित Mobile Aps को सफल प्रयोग बाट संक्रमितहरुको ‘ट्रयाक’ गरी रहेका छन ।   

चाइनिज ई-कमर्स जाइन्ट अलिबाबाले powered diagnosis system को आविस्कार गरेको छ र जसले एक सेकेन्ड मा ९६% accurate diagnosis गर्छ भनेर दावी गरिएको छ र जुन एप्लिकेसन चीनले सफल पूर्वक प्रयोग गरीरहेको छ । 
त्यसकारण, अरु देशले गरेको प्रयोग बाट पाठ सिकेर हामी पनि यस्ता खालका एप्लिकेसन को प्रयोग गर्न ढिलो नगरौँ । 

 व्यवसायको निरन्तरता 
लक डाउन को प्रमुख चुनौती भनेकै भौतिक रुपमा कार्यालयमा उपस्थित हुन नसक्नु हो । यो समस्या बाट पार पाउन को लागी Online Meeting Softwares, Collaboration Platforms हरुको सहयोग बाट घरमै बसी अफिस र व्यवसाय लाई सहजै अगाडी बढाउन सकिन्छ । 

उदाहरण को लागी नेपाल मा अवस्थित विभिन्न ‘आउट्सोर्सिङ’ कम्पनीहरुले Zoom Teleconferencing, ERP Platforms हरुको सहयोग बाट कामलाई निरन्तरता दिईरहेका छन ।
 

‘भर्चुअल क्लास’

लामो समय सम्मा शैक्षिक संस्थाहरु बन्द हुने अवस्थामा Online Learning Platforms हरुको बिकास गर्दै Online Learning लाई अधिकतम प्रयोगमा ल्याउन सकिन्छ । प्रविधिको फड्को सँगै ‘अनलाइन क्लास’ अथवा ‘रिमोट क्लास’हरुको अभ्यास बढेर गएको छ र त्यसलाई आत्मसाथ गर्न ढिला गर्न हुन्न । 

यसलाई प्रयोगमा ल्याउन सकियो भने महिनौँ दिन सम्म शैक्षिक संस्था नखुल्दा पनि खासै समस्या हुने देखिन्न । 

‘टेलि मेडिसिन ’ 

विशेषगरी अहिले दुर्गम जिल्लाहरुमा कसैलाई कोरोना संक्रमण देखियो भने के गर्ने भन्ने अन्यौल हुन सक्छ, क्वारेन्टाईन र आईसोलेसनमा राख्ने व्यवस्था हुन सक्छ तर राम्रो काउन्सीलिङ सहितको सक्षम डाक्टरहरुको सहज उपलब्धता नहुन सक्छ, त्यसैले अनलाईन डाक्टर हरुको व्यबस्था गर्न सकिन्छ । 

आवश्यक ठाउँमा सानो सानो समुहमा जनता लाई अनलाईन साइकोलोजिकल काउन्सीलिङ दिन सकिन्छ ।

मेडिकल सामग्रीहरुको उत्पादन 
हामीलाई थाहा भएकै बिषय हो अहिले मेडिकल सामग्रीहरु जस्तै पिपीई, स्यनिटाइजर, मास्क, भेन्टिलेटर्स, टेस्ट किटहरुको चरम अभाव छ । IIT लगायत विश्वका प्रतिष्ठित इन्जिनियरिङ्ग संस्था हरुले यी सामग्री हरु को उत्पादन गर्न सुरु गरी सकेका छन । 
उदाहरणको लागी IIT Guhawati ले सार्वजनिक ठाउँको स्यानिटाइज गर्ने उद्देश्यले ड्रोनको बिकास गरेको छ । IIT Kanpur को रोबोटिक्स क्लबले भेन्टिलेटर प्रोटोटाइप तयार पारीसकेको छ र अहिले परिक्षणमा छ ।
IIT Guhawati ले Covid-19 Vaccine मा काम गरिरहेको छ । 

यसै गरी महाबिर पुनको अनुसन्धान केन्द्रले पिपीई बनाई रहेको छ र विभिन्न अस्पातलका बिग्रेका भेन्टिलेटर हरु सफलपुर्वक मर्मत गरिरहेको छ । हामी संग प्रयाप्त इन्जिनियरिङ्ग जनशक्ति र इन्जिनियरिङ्ग संस्था र कलेजहरु छन । के हामी पनि यी र यस्तै अत्यावश्यक मेडिकल सामग्री हरु उत्पादन गर्न सक्दैनौं ? 

कुनै पनि विपद वा महामारीले क्षती संगसंगै एउटा उज्यालो भविष्यको परिकलल्पना गरेको हुन्छ , हामीसँग भएका ‘रिसोर्स’हरुलाई प्रयोग गर्दै आगामी दिनमा हामीलाई चाहिने सामानहरुको स्वदेशमै बिकास र उत्पादन सुरु गर्नु पर्दछ । 

उदाहरणको लागी पुल्चोक इन्जिनियरिङ्ग कलेजमा रहेको रोबोटिक्स क्लबले पिपीई र भेन्टिलेटर लगायतका सामानहरुको निर्माण तुरुन्तै गर्न सक्छ र नेपाल सरकारले पनि यसमा सहयोग गर्न सक्छ । 

यसलाई व्यवस्थित र व्यवसायिक बनाउन को लागी अध्ययन संस्थान को अन्तर्गत मा एउटा छुट्टै ‘बिजनेस इन्कुबेसन सेन्टर‘ खोलेर अगाडी बढ्न सकिन्छ, यस्तो अभ्यास विश्वका विभिन्न कलेज हरुमा छ । 

आउँदैछ अर्काे महामारी 

विश्व ब्यापी कोरोना महामारी सँग लड्दै गर्दा निकट भविश्यमा हामी अर्को महामारी सँग लड्न तयार हुनुपर्ने अवस्था छ, त्यो हो हरेक बर्ष गर्मी महिनामा नेपाल भरी देखिने डेँगु । अघिल्लो वर्ष पनि नेपाल का अधिकांस जिल्लाहरुमा डेँगुको प्रकोप फैलिएको थियो र त्यस्लाई कन्ट्रोल गर्न सरकारलाई हम्मे हम्मे नै परेको थियो । 

अब कुन महिनामा डेङु ‘आउट्ब्रेक’ हुन्छ यसै भन्न त सकिन्न तर यो अवश्यम्भावी छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्व भरी हरेक वर्ष ३९ करोड को हाराहारी डेङुबाट सन्क्रमित हुन्छन र ४०,००० को हाराहरी मा मर्ने गर्छन्  । Dengvaxia को ब्रान्ड मा CYD-TDV  डेङु भ्याक्सिन अहिले उपलब्ध छ तर विश्वका केही देशहरुले मात्रै यसलाई प्रयोगमा ल्याइरहेका छन, नेपालले अहिले सम्म यो खोप प्रयोग गरेको छैन । 
र यो खोप एक पटक डेङु भईसकेका लाई मात्रै प्रभावकारी हुने हुँदा अरुलाई काम छैन । 

डेङु खोप आफैमा महँगो छ र स्रोतका अनुसार यसको मूल्य इन्डोनेसियामा २०७ अमेरिकन डलर पर्छ । यसरी हेर्दा नेपाल जस्तो देशलाई डेङु सँग लड्न तेती सजिलो छैन भन्ने बुझ्न सकिन्छ र त्यसैले प्रविधिको प्रयोग ले हामी आफै यसको तयरीमा लाग्नु पर्ने देखिन्छ । 

उदाहरण को लागी फिजी सरकार ले डेङु सँग लड्नको लागी अहिले ड्रोन को प्रयोग गरी रहेको छ र यो प्रोग्राम सफल देखिएको छ । 

अन्त्यमा, 
बिभिन्न अन्वेषण, बिज्ञान र प्रविधिको उच्चतम प्रयोग बाट हामी कोरोना लगायत भैपरी आउने महामारीहरु डेङु, हैजा, ईन्फ्लुएन्जा लगायत सँग सजिलै लड्न सक्छौँ । त्यसैले आज देखी तयारीमा जुटौ । 



1 Comments

Youbraz Pandey

April 6, 2020, 1:51 p.m.

यो कुरा सरकारले सुन्नु पर्यो र तुरुन्तै कदम उठाउनु पर्छ समय ले पर्खदैन र समय कुरेर नबनोस् सरकार,, समय सान्दर्भिक छ यि हातहरू लेखनमा कलम नरोकियोस् शुभकामना RC दाजु,,,

Your Comments