सुरुङ निर्माणको प्रविधि र नेपाली प्रयोग

सुरुङ निर्माणको प्रविधि र नेपाली प्रयोग


ई. श्रीराम न्यौपाने |  कात्तिक १९, २०७७,


engineersnepal.com

नेपाल सुरुङ मार्गको युगमा प्रवेश गरेको छ । हाइड्रो पावरका लागि मात्रै निर्माण भैरहेको सुरुङ अब सडकमार्ग र रेलमार्ग सुरुङ  सहितको बनाउनेगरि योजनाहरू बनिरहेका छन् ।  त्यसमा सुरुङ डिजाइन र प्रविधिको विषयमा बहस चलिरहेको छ । 

सुरुङ निर्माणका लागि नेपालमा दुई वटा विधि प्रयोगमा आएका छन् ।   ड्रिल एण्ड ब्लास्ट विधि र टनेल बोरिङ मेसिन (टिबीएम) । नेपालको भेरी बबई बाहेक सबै आयोजनामा ड्रिल एण्ड ब्लास्ट विधिको प्रयोग भएको छ । भेरी बवईमा टीबीएमको प्रयोगसंगै नेपालमा यस प्रविधिको विषयमा धेरै चासो बढेको छ । 
टनेल बोरिङ मेसिनको मुख्य त दुई पक्ष रहेकाहुन्छन् । जसमा प्राविधिक र आर्थिक पक्ष हो । टनेल बोरिङ मेसिनले ७÷८ किलोमिटर भन्दा लामो सुरुङ खन्नका लागिमात्रै प्रयोग गर्न सकिन्छ । यो मेसिन एउटा विन्दुबाट सुरु भएर सुरुङको अन्त्यबाट निष्कन बाहेक अरु विकल्प छैन । 


ADVERTISEMENT

टनेल बोरिङ मेसिन एकदमै नयाँ प्रविधि हो । यो कम्प्युटर कन्ट्रोल रहेको हुन्छ । रोजगारीको हिसाबले हेर्ने हो भने हजारौं रोजगारीलाई विस्थापित गर्छ । 
विकसित देश जहाँ रोजगारीको कुनै समस्या छैन,जनशक्ति अभाव र आर्थिकरुपमा सम्पन्न त्यस्ता देशका लागि टीबीएमको प्रयोग उपयुक्त हुन्छ । टीबीएम मेसिन संसारभर मेट्रोका लागि सबैभन्दा उपयुक्त मानिन्छ ।
टनेल बोरिङ मेसिन प्रयोग हुने अर्को अवस्था भनेको माथि भौतिक संरचना रहेको छ भने त्यस्तोमा टीबीएम प्रविधि उपयुक्त हुन्छ । जस्तो काठमाडौंमा मेट्रो सञ्चालन

गर्न पर्यो भने जमिनमा घरै घर छन् । यस्तो ठाउँमा टनेल बोरिङ मेसिनको विकल्प हुँदैन । टनेल बरिङ मेसिनले तुलनात्मक रुपमा समय र लागत बढी लाग्छ । 

नेपालमा कुन प्रविधि ठिक ?नेपालको सन्दर्भमा ड्रिल एण्ड ब्लास्ट विधि नै सबैभन्दा उपयुक्त रहेको छ । एकदमै पहाड वा डाँडा छ त्यहाँ ड्रिल एण्ड ब्लाष्ट विधिबाट गर्दा पनि कुनै भौतिक संरचना वा कसैलाई क्षति पु¥याउँदैन । नेपाल जस्तो देशमा जहाँ बेरोजगारीको संख्या धेरै छ । दक्ष जनशक्ति विकास गर्नुपर्ने छ । त्यसको लागि ड्रिल एण्ड ब्लास्ट विधि नै राम्रो हुन्छ ।
 
नेपालको भेरी बबईमा टनेल बोरिङ मेसिन प्रयोग भएको थियो । टनेल बोरिङ मेशिनमा हाम्रो अनुभव पनि नभएको, व्यवस्थापन क्षमता पनि नभएको हुँदा भेरी बबईमा टनेल खनेर सकियो तर हेडवक्स सम्बन्धी काम सकिएको छैन । 

भेरी बवईमा टीबीएम मेसिन प्रयोग गर्दा २ अर्व बढी खर्च भयो । जुन खरिद गरेको नभई भाडामा मेसिन प्रयोग गरिएको थियो ।  खरिद गर्दा त्यसको मूल्य ४ अर्व जति पर्न जान्छ । त्यसको सट्टा ड्रिल एण्ड ब्लाष्ट मेथडबाट त्यहाँ काम गरिएको भए हजारौंले  रोजगार पनि पाउँथे । हेडबक्स र पावरहाउस पनि संगसंगै सकिन्थ्यो ।

त्यति धेरै खर्च गरेर टनेल छिटै नै सिध्याएको दुई वर्ष भयो तर अहिलेसम्म त्यसको कुनै प्रयोग हुन सकेको छैन । अझै २ वर्ष त्यहाँ काम सम्पन्न नहुने अवस्था छ । टनेल खनेर ४ वर्षसम्म प्रयोग हुँदैन भने  त्यसको प्रोडक्टिभ आउटपुट भएन । 

कुन विधिबाट छिटो काम हुन्छ ?

टनेल बोरिङ मेसिन डिजाइन गरेरै बनाउन लामो समय लाग्छ । टीबीएम प्रयोग गर्ने ठाउँमा जीओलजीकल एक्सरे गर्नुपर्ने हुन्छ । कति दुरीमा कस्तो खालको चट्टान रहेको छ । त्यसको पूर्व जानकारी आवश्यक हुन्छ । त्यो अनुसार टनेल बोरिङ मेशिन डिजाइन गरिन्छ ।  भौगर्भिक एक्सरे गर्नको लागि मात्रै कम्तीमा ६ महिना लाग्छ । त्यसपछि मेसिन बनाउनको लागि १ वर्ष लाग्छ । काम सरु गर्नुभन्दा पहिले मेसिन डिजाइन र अध्ययनको लागि लागतसंगै  खर्च बढी गर्नुपर्छ । 
टीबीएम यस्तो मिसिन हो एक पटक फस्यो भने सबै खर्च खेर जाने हुन्छ । त्यसैले यसलाई उच्च जोखिमयुक्त प्रविधि भनिन्छ । 

ड्रिल एण्ड ब्लास्ट विधिबाट सुरुङ खन्दा टीबीएम भन्दा छोटो समयमा सकिन्छ । टीबीएम प्रयोगका लागि करिब डेढ वर्ष पूर्व तयारीमै सकिन्छ । अर्को टीबीएम प्रयोग गर्नका लागि पहुँच मार्ग आवश्यक हुन्छ । ५० मिटर लामो टीबीएम लैजानको लागि ठूलै बाटो चाहिन्छ । नेपालका पहाडमा टिबीएम लैजाने पहुँच मार्ग बनाउन मात्रै १ वर्ष लाग्छ । 

१ वर्षमा ड्रिल एण्ड ब्लास्ट विधिबाट ५ किमी सुरुङ मानिसले खनेरै सकिन्छ । हजारौं मानिसले रोजगारी पाउने । पैसा नेपालमै बस्ने । नेपालमा अहिले हाइड्रो पावरको लागि आवश्यक पर्ने सुरुङका लागि ड्रिल एण्ड ब्लास्ट विधिबाटै दैनिक करिब २ सय मिटर सुरुङ खन्ने काम भैरहेको छ । 

टीबीएममा लागत बढी हुने बेरोजगारी बढ्ने 

नेपाली धेरै बेरोजगार छन् । शारीरिक रुपमा काम पनि गरिरहेकै छन् । त्यसैले अहिलेको सन्दर्भमा ड्रिल एण्ड ब्लाष्ट विधिभन्दा माथि जानु भनेको विकासमा एकैपटक अमेरिकालाई जित्छु भनेजस्तो हो । 

टीबीएम मेलेम्चीको दोस्रो चरणको कामका लागि प्रयोग गर्ने  छलफल चलिरहेको छ । त्यहाँ प्रयोग गरिएपनि हेडवक्स र अन्य काम सकिदैन । टीबीएम नयाँ प्रविधि भएकाले रहर मात्रै हो । 

मेलेम्चीमा २० वर्षमा कम्तीमा १० हजारले रोजगार पाए होलान् । उनीहरुको अनुभव ड्रिल एण्ड ब्लास्टमा  छ । उनिहरूलाई त्यस्तै काममा लगायो भने काम पनि पाउँछन् सिप पनि प्रयोग हुन्छ । राज्यले रोजगारी दिन नसकेको बेला अर्बौका मेसिन भित्राएर सबैलाई बेराजगार बनाउन त मिल्दैन होला । नेपाल विकासको चरणमा रहेको छ । यस्तो बेला हाईटेक इक्युप्मेन्ट ल्याएर बेरोजगार बढाउने काम गर्नु हुँदैन । 

धेरैलाई मेलेम्चीको २७ किलोमिटर सुरुङमार्ग खन्न २० वर्ष लाग्यो । दोस्रो चरणको ९ किमीको कामका लागि टीबीएम प्रयोग गर्नुपर्छ भन्ने पनि सुनिन्छ । २७ किलोमिटरलाई सुरुङ खन्नका लागि धेरै समय लागेको अरु कारण हुन् । जस्तो ठेक्का तोडिने, ठेकेदारले काम नगर्ने जस्ता कारणले ढिला भएको हो । ड्रिल एण्ड ब्लास्ट विधिको प्रयोग गरेका कारण २० वर्ष लाग्यो भन्नु गलत हो । ९ किमीका लागि टीबीएम प्रयोग गर्न थालियो भने ५ गुणा बढी खर्च र २ गुणा बढी लागत लाग्छ । 

    
 



कार्यकारी अध्यक्ष
मेघाटेक हाइड्रो एण्ड इन्फ्रास्ट्रचर

Your Comments