हाम्रो पुस्तामा नेईएको सदस्यता लिन दौडिन्थ्यौं, अहिले सदस्यता किन लिनु भन्ने पनि सुनिन्छ

हाम्रो पुस्तामा नेईएको सदस्यता लिन दौडिन्थ्यौं, अहिले सदस्यता किन लिनु भन्ने पनि सुनिन्छ

नेतृत्वमा प्रतिस्पर्धा गर्नु आफैमा नराम्रो होइन तर राजनीतिक पार्टिकै आधारमा जाने कुराले ‘प्रोफेस्नालिजम किल’ गरेको छ ।


ई.नन्द बन्जाडे |  माघ १३, २०७७,


engineersnepal.com

हाम्रो पुस्तामा क्याम्पस पढेर सकिने विस्तीकै नेपाल इन्जिनियर्स एशोसिएसन (नेईए)को सदस्य लिन दौडेर गैहाल्थ्यौं । हामीलाई कसैले सदस्य लिनुपर्छ भन्नु पर्दैनथ्यो । स्वत स्फुर्त रुपमा हामी त्यहाँ पुग्थ्यौं ।  

हामी पञ्चायतको समयमा हुर्केका थियौं । संगठित हुनुपर्छ भन्ने भावना थियो । इन्जिनियरहरुपनि संगठित हुनको लागि इच्छित रहेका थिए । इन्जिनियर्स एशोसिएसनको आकर्षण पनि थियो । 


ADVERTISEMENT

पछि एशोसिएसनका गतिविधीले इन्जिनियर्सको मन जित्न सकिरहेको छैन । त्यसैले इन्जिनियरिङ परिषद्मा ६० हजार बढी इन्जिनियर दर्ता हुँदा नेईएमा त्यसको आधा मात्रै सदस्यता लिएका छन् ।

 

आम चुनावमा साडी बाडेर, खसी काटेर , रागो कटेर भोटमाग्ने चलन रहेको छ ।  त्यो विकृती इन्जिनियर्स एशोसिएसनमा पनि आएको छ । 
सदस्य लिनको लागि उम्मेदवार हुनेले पैसा खर्च गर्नु हाम्रो संस्था भित्रको ठुलो विकृती हो ।

अहिलेको नयाँ पुस्ताले नेईएमाा राजनीति गर्नको लागि किन सदस्यता लिनु भन्ने गरेको सुनिन्छ । हामी राजनीति गर्न चाहादैनौं भने नेईएमा किन आवद्ध हुने भन्ने भावनाको विकास हुँदै गएको छ । समग्र राजनीतिप्रति एकदमै विमुख भएको नयाँ पुस्ता नेईएमा आवद्ध हुन चाहेको छैन ।  

अर्को अहिलेको धेरै युवा विदेश गएका छन् । उनीहरु अध्ययन सकिने वित्तिकै इन्जिनियरिङ परिषद्को सदस्य लिन्छन् तर एशोसिएसनको सदस्य लिदैनन् । १० हजारभन्दा बढी इन्जिनियर सदस्यता नलिई जाने भैसके । नेईएको सदस्यता लिदाँ हामीलाई फाइदा हुन्छ भन्ने संस्थाले विश्वास दिलाउन सकिरहेको छैन । त्यसैले युवा आकर्षित हुन सकेनन् ।  

इन्जिनियर साथीहरु विभिन्न दुर्घटनामा ज्यान गुमाउनु भएको छ । उहाँले ज्यान गुमाएपछि परिवार विचल्ली पर्ने अवस्थासम्म आएको छ । त्यसैले इन्जिनियहरुको लागि बीमाको कार्यक्रम ल्याएका छौं । तर  बीमाको कार्यक्रम ल्याउँदा नविकरण नै नभएका साथी पनि रहेछन् । उनीहरुले रकम पाएनन् यसको जिम्मेवारी नेईएको नेतृत्व हामी सबैले लिनुपर्छ । संस्थाप्रति नै सोचे जस्तो आकर्षित गर्न सकेनौं ।

नेतृत्वमा प्रतिस्पर्धा गर्नु आफैमा नराम्रो होइन तर राजनीतिक पार्टिकै आधारमा जाने कुराले ‘प्रोफेस्नालिजम किल’ गरेको छ । 

 

आम चुनावमा साडी बाडेर, खसी काटेर , रागो कटेर भोटमाग्ने चलन रहेको छ ।  त्यो विकृती इन्जिनियर्स एशोसिएसनमा पनि आएको छ । 
सदस्य लिनको लागि उम्मेदवार हुनेले पैसा खर्च गर्नु हाम्रो संस्था भित्रको ठुलो विकृती हो । जसले सदस्य बनाउँछ वा नविकरण गरिदिन्छ उसैलाई भोट दिन्छु भन्नु ‘इन्डाइरेक्टली’ खरिद बिक्री हो । हामी जस्तो बौद्धिक समुदायमा यस्तो विकृती आउनु समाजको लागि समेत खराब सावित हुने छ ।  

बौद्धिक संस्थाको रुपमा रहेको इन्जिनियर्स एशोसिएसनमा पार्टीगत रुपमा चुनाव उठ्नु पर्ने बाध्यता रहेको छ । स्वतन्त्र रुपमा उठ्नेले जित्न सक्ने अवस्था नरहेको स्विकार गर्नुपर्छ । हाम्रो समाज विद्यालय व्यवस्थापन समिति, बन उपभोक्ता समिति, खानेपानी उपभोक्ता समितिमा  पनि राजनीतिक पार्टीको आधारमा चयन हुने अवस्था रहेको छ । जुन खराब संस्कारको रुपमा विकासित भैरहेको छ । नेतृत्वमा प्रतिस्पर्धा गर्नु आफैमा नराम्रो होइन तर राजनीतिक पार्टिकै आधारमा जाने कुराले ‘प्रोफेस्नालिजम किल’ गरेको छ । 

 

इन्जिनियरहरुले के बुझ्नुपर्दछ भने संस्था हाम्रै लागि चाहिन्छ । अप्ठारो पर्दा संगठनिक रुपमा आवज बाहिर आएन भने माग कसैले नसुन्न सक्छ । सबैले आफ्नो संस्था हो भनी कर्म गरौं । 

 

कुनैपनि काम टिममा एफर्ड गर्नु र एक्ला एक्लै गर्नुमा पनि फरक रहेको छ । संगठनमा एक्लै चुनिएर गएर हुँदैन । कुनै एकजना व्यक्ति राम्रो जाँदैमा सबै कुरा परिवर्तन भैहाल्छ भन्ने पनि होइन । तर टिम बनाउँदा अति राजनीतिकरण भएको छ । 

इन्जिनियर्स एशोसिएसनमा आवद्धता बढाउनका लागि केहि प्रयास भएका छन् । इन्जिनियरहरुको बीमा र लोन सम्बन्धी व्यवस्था भएको छ । इन्जिनियरलाई आकार्षित गर्नको लागि इन्जिनियरिङ स्टाफ कलेजको कुरा आएको छ । संसद भंग भएको कारणले रोकिएको छ । ढिलो छिटो पास हुन्छ । इन्जिनियरिङ परिषद् ऐनमा समेत हामीले भुमिका खेलेका छौं । इन्जिनियरहरुलाई फइदा हुने यस्तै काम हामीले गर्दै जानुपर्छ । 

प्यानल मार्फत चुनाव जित्यो अनि सरकारी नियुक्ति वा कुनै आयोजना हात पार्ने नेईएलाई भ¥याङ बनाएको भन्ने पनि आवाज उठ्दै आएको छ । यो कुरा सबै इन्जिनियर  साथीहरुले आफै मुल्यांकन गर्ने कुरा हो । सबै मानिस बैमान छन् वा अवसरवादी छन् भनेर हेर्यौ भने पनि राम्रो हुँदैन । कमजोरी स्वीकारगरी अघि बढ्दै जाँदा सुधार हुँदै जान्छ । 

इन्जिनियरहरुले के बुझ्नुपर्दछ भने संस्था हाम्रै लागि चाहिन्छ । अप्ठारो पर्दा संगठनिक रुपमा आवज बाहिर आएन भने माग कसैले नसुन्न सक्छ । सबैले आफ्नो संस्था हो भनी कर्म गरौं । 

नेपाल इन्जिनियर्स एशोसिएसन वाग्मती प्रदेशका सभापति ई.नन्द बन्जाडे संग इन्जिनियर्स नेपालले गरेको कुराकानीको संपादित अंश



सभापति, नेपाल इन्जिनियर्स एशोसिएसन वाग्मती प्रदेश

Your Comments